‘जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीता मेरो प्राथमिकतामा रहन्छ’ : सभामुख घिमिरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ७, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ७, काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस